चुम्बन नगर्ने बलिउडका कलाकार

एजेन्सी । सलमान खानको चलचित्र ‘राधे द मस्ट वान्टेड भाइ’ प्रदर्शनको तयारीमा छ । यस चलचित्रमा सलमानले दिशा पटानीसँग रोमान्स गर्दैछन् । एक सिनमा चुम्बन गर्दै गरेको दृश्यसमेत समावेश छ । तर यसमा यी दुईले एक आपसमा चुम्बन भने गरेका भने होइनन् । डक्ट टेपको माध्यमबाट हिरोइनलाई किस गरिएको थियो । यसै पनि चलचित्रमा चुम्बन गरेको दृश्य दिन अस्वीकार गर्ने कलाकारको लिस्टमा पर्ने गर्छन् सलमान । उनीसँगै केही कलाकारले समेत ‘नो किसिङ पोलेसी’ लाई निरन्तरता दिँदै आएका छन् ।

सनी लियोनी
वयस्क चलचित्रसमेत खेलिसकेकी अभिनेत्री सनी लियोनी चलचित्रमा चुम्बनको दृश्य गर्दिनन् । उनी अन्तरङ्ग दृश्यका लागि तयार भए पनि चुम्बन गर्न चाहन्नन् ।

अजय देवगण
धेरै रोमान्टिक चलचित्रमा देखिएका अजय देवगणले धेरै वर्ष पहिला नै किस सिन दिन इन्कार गरेका थिए । उनी कथाको मागअनुसार अभिनय त गर्छन् तर चुम्बनको दृष्य पर्दामा दिन चाहँदैनन् ।

सोनाक्षी सिन्हा
सलमानको चलचित्रमार्फत् डेब्यु गरेकी ‘दबंग गर्ल’ सोनाक्षीसमेत क्यामेरामा किस सिन दिन अस्वीकार गर्छिन् । उनी अक्षय कुमारसँग चलचित्र होलिडेमा काम गर्दै थिइन् । जहाँ चुम्बन गर्नुपर्ने सिन थियो । तर उनले ‘लिप लक’ नगर्ने बताइन् । त्यसपछि मेकरले नै उनी भएको चलचित्रमा किस सिन समावेश गर्ने गरेका छैनन् ।

शिल्पा शेट्टी
चलचित्र ‘हङ्गामा २’ मार्फत् बलिउड कम ब्याक गर्न लागेकी अभिनेत्री शिल्पा शेट्टीको नाम चुम्बनको दृश्य नदिने कलाकारको सूचीमा पर्छ । उनले करियरको सुरुवाती दिनमा अन्तरङ्ग दृश्य दिए पनि त्यहाँ चुम्बनको दृश्य थिएनन् ।

असिन
‘गजनी’ चलचित्रमार्फत् बलिउड डेब्यु गरेकी नायिका असिनले चलचित्रमा पटक पटक किस सिन दिन इन्कार गरेकी छन् । उनी क्यामेराअगाडि चुम्बन गर्न असहज लाग्ने बताउँछिन् ।

अलि जफर
पाकिस्तानी कलाकार अलि जफरसमेत चलचित्रमा चुम्बनको दृश्य दिँदैनन् । चलचित्र ‘लन्डन पेरिस न्युयोर्क’ मा एक किस सिन थियो । उनले उक्त सिन दिन नमानेपछि ‘बडी डबल’ को मद्दतमा छायांकन गरिएको थियो ।

प्रतिक्रिया