निर्माता बजगाईँद्वारा आइसोलेसन वार्ड सञ्चालन
२०७८ वैशाख २९ गते

काठमाडौँ । चलचित्र निर्माता, समाजसेवी तथा व्यवसायी ताराचन्द्र बजगाईँ ‘निशान’ ले मकवानपुरको बकैया गाउँपालिकामा अक्सिजनसहितको १० शय्याको आइसोलेसन वार्ड स्थापना गरेका छन् ।
बजगाईँले जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि गाउँपालिका वडा नं. ३ स्थित हात्ती सुँडे सामुदायिक स्वास्थ्य इकाईमा व्यक्तिगत खर्चमा अक्सिजन सहितको आइसोलेसन वार्ड तयार गरेका हुन् । आइसोलेसन वार्डको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले उद्घाटन गरे ।
वार्ड सञ्चालनका लागि आवश्यक अनुसार स्वास्थ्यकर्मीको व्यवस्था गर्ने बताउँदै बजगाईँले स्वास्थ्य सामाग्री सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।
२०७८ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








