जुनियर एनटीआरलाई कोरोना संक्रमण

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफू र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी गराउँदै  चिकित्सकको रेखदेखमा बसेर सबै नियम पालना गरेको समेत बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका व्यक्तिहरू पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’

एनटीआरभन्दा पहिले निर्देशक एसएस राजा मौली, राम चरण, वरुण तेज कोनिडेला, तमन्न भाटिया लगायत कोरोना सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया