बलिउडमा सौतेनी आमा र सन्तानको सुमधुर सम्बन्ध

एजेन्सी । सैफ अलि खान, जावेद अख्तर, पङ्कज कपूर लगायत धेरै बलिउडकर्मीको पहिलो विवाह सफल हुन सकेन । त्यसकारण धेरैले दोस्रो विवाह गरेका छन् । तर उनीहरू कति खुसी छन् । उनीहरूका पहिलेका सन्तान र दोस्री श्रीमतीको सम्बन्धका आधारमा समेत जाँच्ने गरिन्छ । आज हामी चर्चा गर्दैछौ, जो दोस्री पत्नी भएर आफ्नो श्रीमानका सन्तानसँग राम्रो सम्बन्ध राखेका छन् ।
करीना कपूर
पहिलो पत्नी अमृता सिंहसँग सम्बन्ध विच्छेद्य पश्चात् सैफ अलि खानले २०१२ मा करिना कपूरसँग विवाह गरेका थिए । सैफको पहिलो पत्नीबाट दुई सन्तान रहेका छन् । पछिल्लो समय यी दुई करिनासँग समय बिताउँदै गरेको देखिन्छन् । करिनाले अन्तर्वार्ताहरूमा सारा र इब्राहिम उनका नजिकका साथी भएको बताएकी छन् । सारा सानै उमेरबाट करिनाको फ्यान हुन् । अमृताले आफ्ना दुई सन्तानलाई राम्रो संस्कार दिएको परिणाम उनीहरू दुवै करिनाको नजिक छन् ।
हेलन
सलमान खानका बाबु सलीमले दोस्रो विवाह गरेका थिए । सम्बन्ध सुमधुर बनाउँदै सलिमका दुवै श्रीमती आजसम्म एक साथ बस्दै आएका छन् । सलिमकी पहिलो पत्नी सालमाबाट सलमानको जन्म भयो । उनलाई हुर्काउनमा दोस्री पत्नी हेलेनको पनि बराबर भूमिका छ । सलमानले दुवै आमालाई बराबर इज्जत दिन्छन् । परिवारमा सुमधुर सम्बन्ध छ ।
शबाना आजमी
शबाना आजमीले १९८४ मा जावेद अख्तरसँग विवाह गरेकी थिइन् । योभन्दा पहिला जावेदको तर्फबाट हनीले फराहन र जोयालाई जन्म दिएकी थिइन् । दोस्रो विवाहको एक वर्षपछि उनले पहिलो पत्नीसँग सम्बन्ध अन्त्य गरे । सुरुमा आमालाई टाढा बनाएको कारण फरहान शबानालाई मन पराउदैन थिए । तर समयसँगै उनले सबानालाई आमा स्वीकारे । सबानाको तर्फबाट सन्तान भएनन् ।
सुप्रिया पाठक
शाहिद कपूरकी आमा नीलिमा अजिम, पङ्कज कपूरकी पहिली श्रीमती हुन् । पङ्कजले नीलिमासँग सम्बन्ध अन्त्य गरेर सुप्रिया पाठकसँग दोस्रो विवाह गरे । सौतेनी आमा भए पनि सुप्रियाले शाहिदलाई आफ्नै सन्तान झैँ माया गर्छिन् । धेरै कार्यक्रममा यी दुई एकसाथ देखिन्छन् । त्यस्तै सुप्रियाका सन्तान सनाह र रूहानसंग समेत शाहिद धेरै नजिक छन् ।
स्मृति इरानी
टेलिभिजनदेखि राजनीतिसम्म पहिचान बनाउन सफल स्मृतिले आफ्नो बाल्यकालको साथी जुबिन इरानीसँग विवाह गरिन् जसको पहिला नै एक छोरी छिन् । उनै शनेल स्मृतिका दुई सन्तानसँग बस्छिन् । आफ्नो सन्तान झैँ शनेललाई स्मृतिले माया गर्छन् । सामाजिक सञ्जालमा स्मृतिले शनेलसंगका तस्बिर समय समयमा पोस्ट गरिरहन्छिन् ।








