प्रधानमन्त्रीलाई स्वरुपराजको जवाफः स्रष्टाको अधिकार खोई ?

काठमाडौँ । गायक स्वरुपराज आचार्य स्रष्टाको अधिकार दिलाइदिए त्यो जति ठूलो सम्मान केहि नहुने बताएका छन् । मूर्धन्य गायक प्रेमध्वज प्रधानको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेको जवाफमा गायक आचार्यले यस्तो भनेका हुन् ।

प्रतिलिपि अधिकारको विषयलाई लिएर आफूहरु प्रधानमन्त्री कहाँ गएपनि आश्वासनबाहेक केहि नपाएको उनको भनाई छ । आफ्नो जीवनभर संगीतको अधिकार खोज्दा खोज्दै एक मूर्धन्य स्रष्टा परमधाम भएको गायक आचार्यले दुखेसो पोखे ।

प्रतिक्रिया