सेयरबजार १२ अकंले घट्दा कारोबार भने ६ अर्बमाथि
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार सेयर बजार १२.४७ अंकले घटेको छ । मगंलबार सेयर बजार ५ अकंले घटेको थियो ।
बिहिबार कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.४७ प्रतिशतले घटेर ४७३.०४ बिन्दुमा पुगेको छ । यस दिन सेन्सिटिभ परिसूचक ०.७७ अकंले घटेर २६३७.०७ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये बैंकिङ,इन्भेष्टमेन्ट र लघुवित्तका सुचक मात्र बढेका छन् भने व्यापार, निर्जीवन बीमा, जलविद्युत, अन्य, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, वित्त समूह,जीवन बीमा, भने होटेल्स तथा पर्यटन समूहको सबै परिसूचक घटेका छन् ।
यस दिन २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४ सय ५३ रुपैयाँमा खरिदबिक्री भएको छ ।
खानीखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनी बजारमा सर्वाधिक कमाई गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा जनउत्थान सामुदायिक लघुवित्त वित्त विकास बैक रहेको छ ।
खानीखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्त विकास बैकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।