भारतमा कोरोनाकाे तेस्रो लहर आउने वैज्ञानिकको चेतावनी

एजेन्सी । भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहार विजयराघवनले कोरोना भाइसर संक्रमणको तेस्रो लहर आउने निश्चित रहेको दाबी गरेका छन् ।

कोभिडको वर्तमान अवस्थाबारे जानकारी दिन प्रत्येक साँझ स्वास्थ्य मन्त्रालयले गर्दै आएको प्रेस ब्रिफिङका क्रममा बुधबार संयुक्त सचिव लव अग्रवालका साथ उपस्थित भएका विजयराघवनले यस्तो दाबी गरेका हुन् ।

उनले भने– ‘कोरोना संक्रमणको बढदो अवस्थालाई हेर्दा यसको तेस्रो लहर आउछँ भन्न सकिन्छ । तर, तेस्रो लहरको संक्रमण कत्तिको खतरनाक हुन्छ भनेर भन्ने सकिँदैन ।’

उनले चेतावनी दिँदै भने– ‘हामीले तेस्रो लहरका लागि तयार भएर बस्नु पर्ने अवस्था छ ।’

उनका अनुसार नयाँ भेरियन्ट पनि पहिलेको भेरियन्ट जत्तिकै संक्रामक हुने देखिएको छ । नयाँ भेरियन्टमा संक्रमणको नयाँ शैलीको क्षमता छैन ।

उनले नयाँ भेरियन्टको संक्रमण रोक्न खोप प्रभावकारी हुने बताए । ‘कोरोनाको नयाँ भेरियन्ट विश्वभर पैदा हुन्छ र भारतमा पनि । तर, अहिले जुन भेरियन्टका कारण संक्रयम बढेको छ । यो कम पनि हुन्छ । भारत र पूरै विश्वका बैज्ञानिक यस प्रकारका भेरियन्टलाई पहिल्यै पहिचान गर्ने र त्यसविरुद्ध प्रभारकारी उपकरण विकसित गर्न लागि परिरहेका छन् ।’

प्रतिक्रिया