कंगनाको ट्विटर अकाउन्ट ‘सस्पेन्ड’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर खाता ‘सस्पेन्ड’ भएको छ । मंगलबार दिउँसो पश्चिम बंगालको चुनावको विषयलाई लिएर त्यस्तै विवादास्पद ट्वीट गरेपछि ट्विटरले उनको खातालाई ‘सस्पेन्ड’ गरेको हो ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहने कंगनाले पश्चिम बंगालको चुनावपछि पुनः विवादास्पद भिडिओ ट्वीट पोस्ट गरेकी थिइन् ।

३० लाख फलोअर्स  रहेको उनको ट्विटर खाता ट्विटरले मंगलबार सस्पेन्ड गरेको हो ।

प्रतिक्रिया