अब कोभिड परीक्षण चौबिसै घण्टा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ पिसिआर परीक्षण गर्ने सबै प्रयोगशालाहरूलाई २४ घण्टा र सातै दिन नमूना लिने व्यवस्था गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

मन्त्रालयमा आइतबार भएको छलफलमा कोभिड परीक्षण गर्ने सबै प्रयोगशालाहरूलाई चौबिसै घण्टा नमूना लिन अनुरोध गरेको हो ।

यस्तै, मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकताअनुसार अन्य अस्पतालमा खटाउने निर्णयसमेत गरेको छ ।

No photo description available.

प्रतिक्रिया