पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना
२०७८ वैशाख १९ गते

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालसँगै उनकी पत्नी फुयाललाई पनि संक्रमण पुष्टि भएको हो ।
आइतबार गरिएको परीक्षणमा दुवैको कोभिड नतिजा पोजिटिभ आएको र हाल दुवै जनाको स्वास्थष्य अवस्था सामान्य रहेको भन्दै मन्त्री ढकालले नवासमै आराम गरिरहेको बताएका छन् ।
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतिलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ‚’ ट्विटरमा उनले लेखेका छन्‚ ‘यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।’
https://twitter.com/dhbhanu/status/1388814893202100231
२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित









