सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले जडान गरी सो बोर्डमार्फत् समेत सन्देश प्रवाह गर्न शुरु गरेको छ ।
बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा यस बैंकबाट प्रवाह भएका सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्ने उद्देश्यले २३६ व.फि.को डिजिटल लिड डिस्प्ले बोर्ड यस बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको जनाएको छ ।
उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्व सम्वन्धी जनचेतनामुलक सन्देश सम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको जनाएको छ ।
यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङ्गलाई थप टेवा पुग्ने आशा गरिएको बैंकले बताएको छ ।
बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको शुरुवात गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतनासम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल ९५ वटा शाखा कार्यालयहरु तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकहरुलाई स्तरीय बैंकिङ्ग सेवा दिंदै आइरहेको बैंकले जनाएको छ ।








