थप ४७७७ जनामा कोरोना‚ काठमाडौंमा मात्रै २०४७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै पाँच हजार कोरोना संक्रमित भेटिएका छन् ।

१३ हजार ८ सय ७९ जनाको पिसिआर गर्दा ४ हजार ७ सय ७७ जना र ९ सय ५५ जनाको एन्टीजेन गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये काठमाडौंमा मात्रै २ हजार ४७ जना संक्रमित भेटिएका छन् ।

हाल ३० हजार २ सय ९ जना सक्रिय संक्रमित छन् भने ५४ जना संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

कूल संक्रमितमध्ये काठमाडौंमा १ हजार ४ सय ६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया