भारतमा बढिरहेको कोरोना संक्रमणप्रति शिल्पाको चिन्ता

एजेन्सी । भारत इतिहासकै सबैभन्दा नाजुक स्वास्थ्य स्थितिबाट गुज्रिरहेको छ । कोरोनाको केस बढिरहेको छ भने अस्पतालमा बेड, अक्सिजन सिलिन्डर र औषधिको कमी भइरहेको छ ।

भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक भिडियो सेयर गर्दै देशको यो स्थितिप्रति चिन्ता व्यक्त गरेकी छन् । उनले फ्रन्टलाइन वर्करलाई आभारसमेत व्यक्त गरेकी छन् । शिल्पा मानिसहरूको मृत्युको विषय उठाउँदै गर्दा आँसु झार्दै देखिन्छिन् ।

उनले यस्तो विषम परिस्थितिमा एक अर्कालाई सहयोग गर्न आग्रह गरेकी छन् । उनले कोरोनाबाट मात्रै नभई भोकले समेत मान्छे मर्न थालेको विषय उठाएकी छन् ।

प्रतिक्रिया