प्रशान्तलाई मातृशोक‚ कोरोनाका कारण निधन

काठमाडौँ । गायक तथा कलाकार प्रशान्त तामाङलाई मातृशोक परेको छ । दार्जिलिङको एक अस्पतालमा उपचाररत उनकी आमा रुपा तामाङको कोरोना संक्रमणका कारण निधन भएको हो ।

कोरोना संक्रमणका कारण निधन भएकाले प्रशान्तले अन्तिम पटक आमाको मुखसमेत हेर्न पाएनन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू ।’

प्रशान्तले यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आफ्नो हातमा ‘आमा’ शब्दको ट्याटुसमेत खोपाएका छन् ।

प्रतिक्रिया