बाँकेमा एक हप्ता लामो निषेधाज्ञा
२०७८ वैशाख १२ गते

काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण नियन्त्रणभन्दा बाहिर गएपछि सोमबार राति १२ बजेदेखि एक साता लकडाउन हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा आइतबार जारी सूचनामा बाँकेमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चक्र तोड्न वैशाख १३ गते राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म लागू हुनेगरी लकडाउन गरिने उल्लेख गरिएको छ ।
यो अवधिमा अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ ।
बैंक, वित्तीय संस्था सबै बन्द हुनेछन् । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिँड्डुलमा पनि निषेध गरिएको छ ।
एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले मात्रै सवारी साधन प्रयोग गर्न पाउनेछन् ।

२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









