सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा छैन : मन्त्री ज्ञवाली

काठमाडौं । सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने बताएको छ । एमालेको महाधिवेशन आयोजक समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारुढ दल नेकपा एमालेका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल देशव्यापी लकडाउन गर्ने कुनै योजना नभएको बताएका हुन् ।

कोरोना धेरै देखिएका ठाउँहरूमा आंशिक लकडाउन हुन सक्ने तर देशैभर लकडाउन तत्काल नहुने उनको भनाइ छ ।

उनले भने ‘हटस्पटहरूमा आंशिक लकडाउन हुनसक्छ र त्यो स्थानीय तहमा मात्र हुन्छ, देशव्यापी होइन ।’
अहिले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिने उनले बताए । लकडाउनले केहि दिनका लागि चेनब्रेकमात्र गर्ने र जोखिमलाई धकेल्ने मात्र भएकाले यो आफैंमा समाधान नभएको भन्दै देशव्यापी लकडाउन गर्ने पक्षमा सरकार नरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

अर्थतन्त्र पनि भर्खर तङ्ग्रिन लागिरहेकाले अर्थतन्त्र र नागरिकको जीवनमा प्रतिकूल असर नपरोस् भन्ने सरकारको चाहना रहेको उनले बताए ।

प्रतिक्रिया