सिभिल बैंकको खुरखुरे शाखा स्थानान्तरण
२०७८ वैशाख १० गते

काठमाडौं । सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी थिइन् ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका प्रदेश- २ का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताबिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।
सिभिल बैंकले करिब साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखा, ९ एक्सटेन्सन काउन्टर, ८९ एटियममार्फत् सेवा प्रदान गरिरहेको छ ।
२०७८ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








