रु रु जलविद्युतको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट

काठमाडौं । रु रु जलविद्युत योजनाको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा शुक्रबार बिहान आइपिओ बाँडफाँड गरिएको हो । गोला प्रथाबाट ३७ हजार ९ सय १६ जना आवेदकलाई कम्पनीको १०/१० कित्ता शेयर पाएका छन् ।

कुल १६ लाख ८३ हजार १ सय २१ आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४ सय ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । यी मध्ये ८ हजार ५ सय ३५ आवेदन रद्द भएका छन् । बाँकी १५ लाख ९० हजार ८ सय ९६ आवेदन स्वीकृत भएका छन्। स्वीकृत आवेदनमध्ये न्यूनतम १० कित्ताका दरले ३७ हजार ९ सय १६ जनालाई शेयर बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको छ ।

चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कम्पनीले कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीका लागि आइपिओ निष्कासन गरेको थियो ।

कुल निष्काशनमध्ये २ प्रतिशत अर्थात ८ हजार १ सय ५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुलाइ भने बाँकी ३ लाख ७९ हजार १ सय ६७ कित्ता शेयर मात्रै वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५ सय रुपैयाँ पुग्ने कम्पनीले जनाकारी दिएको छ । आईपीओकाे नतिजा मेराे सेयरकाे वेवसाइट आईपीओरिजल्ट डट सीडीएससी डटकम डट एनपीमा गएर हेर्न सकिन्छ ।

प्रतिक्रिया