क्रिएसन र कोकाकोलाद्वारा सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना

काठमाडौँ । क्रिएसन, कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

राम्रो र स्वस्थ विश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो कार्यक्रम सफाइकर्मीका लागि काम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको कोकाकोलाले जनाएको छ ।

कार्यक्रममा कामको बखत र काम सक्किए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोगसम्बन्धी एक सत्र समावेश गरिएको जनाइएको छ ।

सुरक्षा गियरसहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाइकर्मीलाई हस्तान्तरण गरिएको छ ।

साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि थिए ।

डा अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुको बारेमा मेडिकल चेकअप र परामर्श दिइएको थियो ।

कार्यक्रमको अन्य प्रमुख आकर्षणहरूमध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको बताइएको छ ।

यो सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पुर्‍याउन ल्याइएको जनाएको छ ।

यस पहलको बारेमा बोल्दै क्रियसनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने, ‘बेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको जीविकोपार्जनलगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने , ‘फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन् ।

उक्त कार्यक्रमको पहुच सतुंगल, टेकु, बालकुमारी र जोरपाटीका ६ ओटा भिन्न बेलिंग साइटहरुको ६७ सफाइकर्मीहरूसम्म पुगेको थियो ।

प्रतिक्रिया