सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक पाँचौं पटक सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड कर सरकारलाई तिरेको बैंकले जनाएको छ ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने नभएको बैंकको भनाइ छ ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाचौँ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुश गरेको बैंकले जनाएको छ ।

बैंकले व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको जनाएको छ ।

बैंकको गतिविधिमार्फत् अर्थ व्यवस्थालाई उकास्नेमात्र गरेको छैन । साथै जनताको जीवनयापन र उनीहरुको आर्थिक वृद्धिलाई समेत व्यापक पहुँच पुर्‍याइरहेको बैंकले जनाएको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैया कर बुझाएको जनाएको छ । यो बैंकको कुलपुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी भएको बैंकको भनाइ छ ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको बैंकको भनाइ छ ।

बैंकले स्थापना भएदेखि हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनिनबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंकद्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलर मार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायानुकूल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिलरेमिट एजेन्ट रहेको छ ।

प्रतिक्रिया