३५ दिनभित्र हाजिर हुन सिके राउतलाई अदालतको ताकेता

काठमाडौं । नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ । अदालतले सोमबार एक सूचना जारी गर्दै सिके राउत भनिने डा. चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित अपराध कसूरमा हाजिर हुन भनेको हो ।

रौतहट महादेव गाउँपालिका वडा नं. २ घर भई हाल धनुषा जनकपुर उपमहानगर– ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको हो ।

सूचनामा अदालतले बाटाका म्यादबाहेक ३५ दिनभित्र आफूसँग उपलब्ध सबुत प्रमाणसहित हाजिर हुन भनेको छ । यस्तै तोकिएको म्यादभित्र हाजिर हुन नआएमा कानूनअनसार कारबाही प्रक्रिया अगाडि बढाइने पनि सूचनामा उल्लेख छ ।

जनमत पार्टीका प्रमुख राउतलाई सरकारले २०७५ फागुन २४ मा मूलधारको राजनीतिमा ल्याएको थियो । त्योभन्दा अगाडि राउतले पृथकतावादी गतिविधिलाई बढवा दिँदै आएका थिए ।

प्रतिक्रिया