मुख्यमन्त्री राउतका पिएसओको दुर्घटनामा मृत्यु

काठमाडौँ । धनुषामा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । असइ मदनजंग कापर सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

धनुषाका डिएसपी मकेन्द्र मिश्रका अनुसार मिथिला नगरपालिका-१० लालगढमा बिहान करिब ३ बजेतिर ट्रकले कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर लगत्तै उनको मृत्यु भएको डिएसपी मिश्रले बताए ।

कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए । उनको शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया