एक महिनादेखि बेपत्ता दम्पत्तीको शव फेला

काठमाडौं । महाेत्तरीमा दुईजनाकाे शव भेटिएकाे छ । महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएकाे अवस्थामा भेटिएका दुईवटा शव  एक महिनादेखि बेपत्ता रहेका पिपरा–५ का झा दम्पत्तीको रहेकाे वडा नं. २ का वडाध्यक्ष ब्रम्हदेव यादवले मकालु खबरलाई जानकारी दिए । शव, हराइरहेका दम्पत्तीकै भएको  प्रहरीले पक्का गरिसकेकाे पनि उनले जानकारी दिए । 

‘उनीहरु विगत एक महिनादेखि बेपत्ता थिए,’ वडाध्यक्ष यादवले भने, ‘खोजतलास गर्दा नभेटिएका उनीहरु आज शवको रुपमा भेटिए ।’

पाँच फिट तल गाडिएको अवस्थामा शव फेला परेको र शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको प्रहरीले बताएकाे उनले जानकारी दिए ।
पिपरा-५का मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा फागुन १० गतेदेखि ओछ्यानसहित बेपत्ता भएका थिए ।

उनीहरुलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका चारजनाकाे बयानका आधारमा खाेजबिन गर्दा शव भेटिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया