जन्मदिनमा ‘थलाइवी’ ट्रेलर सार्वजनिक गर्दै कङ्गना

एजेन्सी । कङ्गना रनावतको मार्च २३ गते ३४औँ जन्मदिन । जन्मदिनमा उनले आफ्नो आगामी चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक गर्ने योजना बनाएकी छन् । ट्रेलर चेन्नई र मुम्बईमा रिलिज हुने बताइएको छ । यो चलचित्र तमिलनाडुकी पूर्व मुख्यमन्त्री जनललिताको जीवन गाथा हो ।

ट्रेलर सार्वजनिकको विषयमा निर्देशक विजयले जय ललिताको व्यक्तित्वलाई ध्यान राख्दै भव्य रूपमा सार्वजनिक गर्ने योजना रहेको बताए । सोही कारण नै दुई स्थानबाट ट्रेलर रिलिज गर्न लागिएको हो ।

कङ्गनाले चलचित्रको लागि धेरै मेहनत गरेको बताउँदै विजयले ट्रेलरदेखि चलचित्र प्रदर्शनसम्म कोरोना भाइरसबाट बच्ने सावधानी अपनाउँदै अगाडि बढ्ने बताए ।

चलचित्र २३अप्रिलबाट प्रदर्शनमा आउनेछ । चलचित्र विष्णु वर्धन इन्दुरी, सैलेष आर सिंह र हितेश ठक्कर मिलेर निर्माण गरेका हुन् । कङ्गनासँगै चलचित्रमा अरविन्द स्वामीको समेत चलचित्रमा मूख्य भूमिका रहेको छ । चलचित्र हिन्दी, तमिल, तेलुगु भाषामा एकसाथ प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया