कोरोना संक्रमण फेरि बढ्न सक्छ, सभा–सम्मेलन नगरौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्न सक्ने भन्दै पूर्वसावधानी अपनाउन आग्रह गरेका छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयबाट विगतमा जारी मापदण्ड अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य र उचित प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरको नियमित प्रयोगलगायत मन्त्रालयबाट विगतमा जारी गरिएका अन्य स्वास्थ्य मापदण्डहरुसमेत पालना गरी संक्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध छ ।’

यस्तै मन्त्रालयले अनावश्यक भीडभाड नगर्न पनि आग्रह गरेको छ । छिमेकी देशहरुमा संक्रमण दर बढ्न थालेको भन्दै मन्त्रालयले थप सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया