कोरोनाविरुद्धको खोप अभियान स्थगित
२०७७ चैत ४ गते

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि केही समयका लागि सरकारले खोप अभियान स्थगित गरेको छ ।
कोरोनाविरुद्धको थप खोप आएपछि मात्र खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले अहिलेलाई खोप अभाव भएको हो ।
कोभ्याक्सअन्तर्गत प्राप्त हुने खोप सम्झौता गरेअनुसार नआउँदा अभियान स्थगित हो । माघ १४ गतेदेखि सुरु भएको खोप अभियान चैत ३ गतेसम्म चलेको थियो ।
हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्तादेखि १२ हप्ताको बीचमा दिने योजना बनाइएको छ ।
२०७७ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








