राइटपाथ करियर काउन्सिलिङको यूके लक्षित रोड शो

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा लागेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको राइटपाथ करियर काउन्सिलिङले रोड शो आयोजना गरेको छ ।

इडिभिओआइ सँगको सहकार्यमा राइटपाथले फागुन २५ गतेदेखि चितवनबाट रोड सो सुरु गरेको हो । यूकेका कलेज, विश्विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श दिनका लागि आयोजित रोड शो मा इडिभिओआइको दक्षिण एसियाका निर्देशक विजय श्रीचरण र कभेन्ट्री विश्वविद्यालय, रोहेम्प्टन लन्डन विश्वविद्यालय, ब्राइटन विश्वविद्यालय र साउथ वेल्स विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटेर परामर्श लिन सकिनेछ ।

उक्त कार्यक्रममा यूकेका एकसय भन्दा बढी विश्वविद्यालयहरुको प्रतिनिधित्व रहेको छ । त्यहीँबाट भर्ना प्रक्रिया समेत अगाडी बढाउन सकिने छ । साथै छात्रवृत्तिको अवसर पनि रहेको छ, प्रक्रियाका लागि शुल्क लाग्ने छैन ।

चितवनमा फागुन २५ गते नै कार्यक्रम सम्पन्न भइसकेको छ भने २६ गते हेटौँडा तथा बुटवल र दाङमा आज कार्यक्रम गरिएको राइटपाथ करियर काउन्सिलिङले जनाएको छ । फागुन २५ गतेबाट सुरू भएकाे यूके सेमिनार चैत्र ६ गते सम्पन्न हुनेछ ।

राइटपाथले कक्षा १२ पास गरिसकेका डिप्लोमा, ब्याचलर तथा मास्टर्स गर्न यूके, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा लगायत देशमा जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको छ । काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको सो संस्थाको चितवन, दाङ र हेटौंडा लगायत देशका विभिन्न ठाउँमा शाखा रहेको छ ।

प्रतिक्रिया