काेभिड खाेप लगाएपछि वामदेवकाे प्रतिक्रिया- शंका गर्नु हुँदैन

काठमाडाैं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिने क्रम जारी छ ।

बुधबारदेखि सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएकोमा बुधबार अनुपस्थित सांसदहरुलाई बिहीबार पनि खोप दिइएको छ । बिहिबार राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतका सांसदहरुले कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

खोप लगाइसकेपछि प्रतिक्रिया दिदैँ नेकपाका उपाध्यक्ष समेत रहेका नेता गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले रतिभर पनि शंका गर्नु नपर्ने बताए । परिवार र समाजको सुरक्षाको निम्ति कोभिड विरुद्धको खोप लगाउनैपर्ने उनकाे भनाइ छ । उनले भने, ‘जेष्ठ नागरिकले केही हुन्छ कि भनेर रतिभर शंका गर्नु हुँदैन । खाेपले झन् बलियो हुन र एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ ।’

बिहीबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालले जनाएको छ ।

प्रतिक्रिया