मेसी चम्केपछि बार्सिलोना शीर्ष दुईमा
मकालु खबर
२०७७ फागुन १६ गते
काठमाडाैँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियामाथि जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन पाँच मिनेटअगाडि मेसी आफैंले दोस्रो गोल गरे ।
जितपछि बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २५ खेलमा ५३ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिड २४ खेलमा ५२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै सेभियाको भने २४ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । ला लिगामा २३ खेलमा ५५ अंक रहेको एटलेटिको म्याड्रिड शीर्ष स्थानमा रहेको छ ।
मकालु खबर
२०७७ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित