सुन ५ सयले सस्तियाे, चाँदी २० रूपैयाँले
मकालु खबर
२०७७ फागुन १४ गते
काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ सस्तो भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुन ८८ हजार ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको थियो । चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला २० रुपैयाँले घटेको छ ।
बिहीबार १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको हो ।
मकालु खबर
२०७७ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित