प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने

आफुले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस सर्बोच्च अदालतले बदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा नदिने भएका छन् ।

आफुले गरेको सिफारिस असंवैधानिक ठहर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग बढेका बेला उनका प्रेस सल्लाहकार सुर्य थापाले तत्काल प्रधानमन्त्रीले राजिनामा नदिने जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा थापाले प्रधानमन्त्रीले संसदको सामना गरेर जाने तर तत्काल राजिनामा नदिने बताएका हुन् ।

उनले सर्बोच्चको फैसलाले राजनीतिक समस्याको हल नहुने बरू अस्थिरता अझै बढेर जाने उल्लेख गरेका छन् ।
अदालतको फैसला बिबादास्पद भएपनि मान्नुपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया