बारपाकमा एकै परिवारका तीन जना मृत भेटिए
मकालु खबर
२०७७ फागुन १० गते
काठमाडौँ । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् । बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकमा वृद्ध, महिला र एक बालिका सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
बिहान ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको गोरखाका प्रहरी प्रमुख (एसपी) सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मृतकको मुखहरूको मुखमा फिँज आएको छ ।
‘अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने, ‘घटनाको विस्तृत अनुसन्धानपछि मात्र सत्य-तथ्य बाहिर आउँछ ।’ इलाका प्रहरी कार्यालय जौबारीबाट थप प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
मकालु खबर
२०७७ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित