आजको मौसमः वर्षासँगै हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य पहाडी भू–भागहमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु लागिरहेको छ ।
- आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ०२ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने संभाबना छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ ।
फाल्गुन ०३ गते (सोमबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने संभाबना छ ।
राती: प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ ।
फाल्गुन ०४ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना छ ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात र पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का बर्षा हुने संभाबना छ । बाँकि क्षेत्रमा आंशिक बदली रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पहाडी भू-भागमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ । तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्नसक्ने हुनाले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट बच्नहुन सबैमा अनुरोध छ ।








