माछा मार्दा करेन्ट लागेर मृत्यु

अछाम । मेल्लेख गाउँपालिका-३ दर्वास्थित काशीगाड खोलामा माछा मार्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर सोही ठाउँ बस्ने २५ वर्षीय खेम बुढाको बुधबार दिउँसो मृत्यु भएको छ ।

खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र साहले माछा मार्नको लागि बिछ्याएको विजुलीको तारबाट करेन्ट लागि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाकाे अनुसन्धानका लागि धिरेन्द्र साहलाई पक्राउ गरिएकाे र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया