चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

काठमाडौँ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको हो ।

घरमै बसेका बेला चट्याङ लागेका बोहराको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी ३५ वर्षीया सीता बोहरा घाइते भएको प्रहरीले जनाएको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको हो ।

प्रतिक्रिया