आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि, २०६ डिस्चार्ज
२०७७ माघ २१ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यी हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ४३१ पुगेको छ।
आज २०६ जना निको भएर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३१ पुगेको छ।
२०७७ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








