बिरालोमा पनि देखियो कोरोना भाइरस संक्रमण
मकालु खबर
२०७७ माघ १९ गते
काठमाडौं । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको बताइएको छ ।
दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो । पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो ।
उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत सङ्क्रमण पाइएको हो ।उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । कोरोना खोपको तयारी भएपनि अभफै वितरण भने भएको छैन ।
मकालु खबर
२०७७ माघ १९ गते
प्रतिक्रिया
सम्बन्धित