युभेन्ट्सको सहज जित, उक्लियो तेस्रो स्थानमा
२०७७ माघ १८ गते

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा फेडेरिको चेइसा र एरोन रामसीले एक एक दोल गरेका थिए । यो जितपछि युभेन्टस सिरी ए मा तेस्रो स्थानमा उक्लिएको छ ।
युभेन्ट्सले १९ खेलमा ३९ अंक जोडेको हो भने साम्पडोरिया २६ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
२०७७ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित








