राइटपाथको चौथो शाखा बुटवलमा, पूजा र आकाशले काटे रिवन

काठमाडौँ । राइटपाथ करियर काउन्सेलिङको चौथो शाखा बुटवलमा खुलेकाे छ । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रहेको राइटपाथले बुटवलको शुक्रपथमा शुक्रबार बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष भिमबहादुर श्रेष्ठ, राइटपाथका ब्राण्ड एम्वेस्डर नायिका पूजा शर्मा, राइटपाथका सिइओ फिलिप डिसीलगायतले शुभारम्भ गरेका हुन् ।

राइटपाथले यसअघि नै चितवन, दाङ र हेटौडामा  शाखा विस्तार गरिसकेको छ । बुटवलको शाखा आशिष पाण्डे र कृष्णप्रसाद अर्यालले सञ्चालनमा ल्याएका हुन् ।

शाखा शुभारम्भ कार्यक्रममा नायक आकाश श्रेष्ठ, रेका रुपन्देहीका अध्यक्ष शुनिल बाबु जोशी, ईक्यान रुपन्देहीका अध्यक्ष देवबहादुर कुँवर, सचिव गिरीराज पाण्डे, दिपक रोका लगायतले शुभकामना दिए । बुटवल शाखा प्रमुख कृष्ण प्रसाद अर्यालका अनुसार राइटपाथले अष्ट्रेलिया, क्यानडा, युके अध्ययनको लागि विभिन्न कार्यहरु गर्दै जानेछ ।

ब्रान्च बढेकोमा नायिका शर्माले टिमलाई शुभकामना दिईन् भने आकाशले आफ्नो याद जोडीएको स्थानको रुपमा बुटवललाई सम्झिदै यस् प्रकारको सस्था बिस्तार भएकोमा खुसी ब्यक्त गरे । राइट पाथका सिईओ डिसीले उच्च शिक्षा हासिल गर्न चाहाने बिद्यार्थीहरुको सहि गन्तव्य सहितको उद्देश्य लिएर खोलेको सस्था बिस्तारै बिस्तारै अगाडी बढेको बताउदै कोभिडका कारण केही समय काम ठप्प भए पनि बातावरणलाई सहज रुपमा स्विकार्दै बिदेश गएर ज्ञान हासिल गर्ने बिषयलाई सँस्थाले साथ दिनेमा विश्वास समेत दिलाए ।

प्रतिक्रिया