१० हजार घुससहित महिला प्रहरी हवल्दार पक्राउ

काठमाडौं । तनहुँबाट महिला प्रहरी हवल्दार घुससहित पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी १० हजार घुससहित पक्राउ परेकी हुन् ।

भण्डारीलाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

भण्डारीले पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया