शुक्रबार ७४८ जना निकाे हुँदा ४२६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२६ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।

यस्तै आज (शुक्रबार) ७४८ काेराेना संक्रमित निकाे भएका छन् भने थप ८ जनाकाे मृत्य भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ४८ रहेकाे छ ।

आजकाे थप अपडेटसँगै देशभर काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६१ हजार १९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५३ हजार १०७ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ८६४ पुगेकाे छ ।

प्रतिक्रिया