६०० जना निकाे हुँदा ५११ जनामा काेराेना संक्रमण पुष्टि, थप ७ जनाकाे मृत्यु
२०७७ पुस १५ गते

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ५११ काेराेना संक्रमित थपिएका छन् । यस्तै बुधबार ६०० जना संक्रमित निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार आज काेराेना संक्रमणबाट थप ७ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टिनमा ३६२ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ३ सय रहेकाे छ ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६० हजार ५९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५१ हजार ९१२ जना निकाे भइसकेका छन् भने मृतक संख्या १ हजार ८४७ पुगेकाे छ ।
२०७७ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित









