पछिल्लो २४ घण्टामा ६ काेराेना संक्रमितकाे मृत्यु, ४८१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाका मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज (आइतबार) देशभर ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३१ जना निको भएका छन । आज क्वारेन्टिनमा ३६९ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ४९३ पुगेको छ ।

आजको अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ४९ हजार ८६३ जना डिस्चार्ज भइसकेका छन् भने मृतक संख्या १ हजार ८२५ पुगेकाे छ ।

प्रतिक्रिया