८ मन्त्री र १ राज्यमन्त्री थपिए, खेलकुदमन्त्री र उद्योग राज्यमन्त्री हटाइयाे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रम ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार गरेकाे मन्त्रिपरिषद् विस्तारमा ८ मन्त्री र १ राज्यमन्त्रि थपिएका छन् ।

जसअनुसार ऊर्जामा टोपबहादुर रायमाझी, खानेपानीमा मणि थापा र सहरी विकास मन्त्रालयकाे जिम्मेवारी प्रभु शाहलाई दिइएकाे छ । यसैगरी गणेशसिंह ठगुन्नालाई सामान्य प्रशासनमन्त्री बनाइएको छ भने दावा लामालाई युवा तथा खेलकुद तथा जुलीकुमारी महतोलाई महिला तथा बालबालिका मन्त्रालयकाे जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएकाे छ भने प्रेम आलेआलेलाई वन मन्त्रालयकाे र गौरीशंकर चौधरीलाई श्रम मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

यसअघि उद्योग राज्यमन्त्री रहेका मोती दुगड र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मालाई जिम्मेवारीबाट हटाइएकाे छ ।

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयबाट पर्यटनको जिम्मेवारीमा पठाइएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ भने महिला मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका लीलानाथ श्रेष्ठलाई कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । पद्मा अर्याललाई कृषिमन्त्रीको जिम्मेवारीमा सारिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया