शुक्रबार ६०८ जनामा काेराेना पुष्टि, ९ संक्रमितले गुमाए ज्यान

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे कुल संख्या १ हजार ८१६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार आज (शुक्रबार) थप ६०८ जनामा काेराेना पुष्टि भएकाे छ । संक्रमितमध्ये ८९२ जना निकाे भएका छन् । सक्रिय संक्रमित संख्या ७ हजार ९२ रहेकाे छ ।

पछिल्लाे अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ५७ हजार २ सय पुगेकाे छ । संक्रमितमध्ये २ लाख ४८ हजार २९२ जना उपचारपछि निकाे भइसकेका छन् ।

प्रतिक्रिया