नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने व्यक्ति पक्राउ
२०७७ पुस १० गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । नक्कली परीक्षार्थी बनी ईपीएस परीक्षा पास गराउने कार्यमा संलग्न रहेको अभियोगमा काभ्रेपलाञ्चोक पनौती गाउँपालिका-७ नयाँ बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-७ घर भएका २९ वर्षीय रोज बहादुर तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ समेतले कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई प्रलोभनमा पारी प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिई आफै नक्कली परीक्षार्थी बनेर परीक्षा दिई परीक्षा पास गराई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको सूचनापछि प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-१० चितापोलबाट उनलाई पक्राउ गरेको हो ।
तामाङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएका छ ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








