पछिल्लो २४ घण्टामा ७४३ मा कोरोना पुष्टि, ९५२ सङ्क्रमित निको भए

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् ।

योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ ।

योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ ।

प्रतिक्रिया