मंगलबार थप ७२२ जनामा कोरोना पुष्टि हुँदा ९६६ जना निको भए
२०७७ पुस ७ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर थप ७२२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
यस्तै मंगलबार संक्रमितमध्ये ९६६ जना निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या १ हजार ७९८ पुगेकाे छ ।
आज क्वारेन्टिनमा ४१३ जना रहेका छन् ।
पछिल्लाे अपडेटसँगै देशभर काेराेना संक्रमितकाे कुल संख्या २ लाख ५५ हजार २३६ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ४५ हजार ७०९ जना निकाे भइसकेका छन् । सक्रिय संक्रमित संख्या ७ हजार ७२९ रहेकाे छ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









