साेमबार थपिए ७४२ काेराेना संक्रमित, १,०७९ जना निको हुँदा थप ७ जनाकाे मृत्यु
२०७७ पुस ६ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) एक हजार ७९ जना संक्रमित निकाे हुँदा थप ७ जनाकाे मृत्यु भएकाे छ । आज सक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेकाे छ ।
पछिल्लाे अपडेटसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । संक्रमितमध्ये २ लाख ४४ हजार ७४३ संक्रमित निको भइसकेका छन् भने मृतक संख्या १ हजार ७९५ पुगेको छ ।
२०७७ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित









