प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा सांसदहरुद्वारा हस्ताक्षर संकलन

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । असन्तुष्ट सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका छन् ।

 

प्रतिक्रिया